• ४ असोज २०८३, आइतबार
  • ५ः३१ बिहान

मेस्सीलाई अर्जेन्टिना बोलाएकोमा पीएसजी क्रुद्ध

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०१:३९

२२ कार्तिक, २०७८ काठमाडौँ : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले टोलीका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई अर्जेन्टिनाले आसन्न विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा समेटेकामा असन्तुष्टि व्यक्त गरेको छ। चोटग्रस्त खेलाडीलाई टोलीमा बोलाइएको भन्दै पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले गुनासो पोखेका हुन्।

National Life

दायाँ घुँडामा लागेको चोटका कारण मेस्सी पीएसजीका पछिल्ला दुई खेलमा अनुपस्थित थिए। यी खेलमा पीएसजीले च्याम्पियन्स लिगमा आरबी लेइपजिग र घरेलुु लिगमा बोर्डेउक्ससँग प्रतिस्पर्धा गरेको थियो। चोट निको हुँदै गरेका खेलाडीलाई टोलीमा समेट्दा भविष्यमा थप संकट उत्पन्न हुने चिन्ता लियोनार्दोले व्यक्त गरेका छन्। अर्जेन्टिनाले विश्वकप छनोटका आगामी खेलमा ब्राजिल र उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ। यी दुवै खेलका लागि प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई राष्ट्रिय टोलीमा समावेश गरेका हुन्।


यसै सिजन बार्सिलोनाबाट पीएसजीमा आवद्ध मेस्सीले फ्रान्सको घरेलु लिगमा अझै गोल गर्न सकेका छैनन्। च्याम्पियन्स लिगमा भने उनले पीएसजीका लागि तीन गोल गरिसकेका छन्। अर्जेन्टिनाले नोभेम्बर १३ तारिखमा उरुग्वे र नोभेम्बर १७ तारिखमा ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ। ११ खेलबाट ३१ अंक भएको ब्राजिल १० टोली सहभागी विश्वकपको लागि भइरहेको दक्षिण अमेरिकी महादेशको छनोटमा शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। १२ खेलबाट १७ अंक भएको इक्वेडर तेस्रोमा छ। दक्षिण अमेरिकाबाट कम्तिमा ४ र बढीमा पाँच टोलीले विश्वकप खेल्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया