‘छक्का पन्जा ४’को ट्रेलरमा अटाएनन् जीतु
प्रकाशित मिति
२०७८ कार्तिक २२ गते, सोमबार ०१:२२

२२ कार्तिक, २०७८ काठमाडौँ : ‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै कार्यक्रमका होस्ट जितु नेपाल र ‘छक्का पन्जा’ टिमविच मनमुटावको चर्चा चल्यो । सार्वजनिक कार्यक्रममा एकसाथ देखिएर जितु र दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलाले सम्बन्ध नविग्रिएको सन्देश दिन खोजे ।
तर, व्यक्तिगत रुपमा सम्बन्ध नविग्रिएको सन्देश दिन खोजेपनि व्यवसायिक सम्बन्धबाट भने जितु र अन्य कलाकार टाढिएका छन् । बलिउड चलचित्र ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकले नेपाली चलचित्र ‘छक्का पन्जा ४’को ट्रेलर पनि हेर्न पाउछन् । यो ट्रेलर चलचित्र आउँदैछ भन्ने जानकारी दिनका लागि मात्र खिचिएको हो ।
यो ट्रेलरमा कलाकार जीतु नेपाल अटाएका छैनन् । ‘छक्का पन्जा’का ३ सिरिजमा देखिएका जीतु चौथो सिरिजमा भने नदेखिने संकेत यो ट्रेलरले गरेको छ । बरु, यसपटक सार्वजनिक ट्रेलरमा दीपाश्री निरौला नै हाबी छिन् । दीपकराज गिरी र केदार घिमिरेको कमेडीले दर्शकलाई चलचित्रको प्रतिक्षा गर्न वाध्य बनाउँछ ।
चलचित्रको ट्रेलरको छायांकन नै गरिएको हो । छायांकन नै गरेर तयार पारिएको ट्रेलरमा जीतु नअटाउनुले उनी अब यो टिमसँग छैनन् भन्ने अड्कल लगाउन सकिन्छ ।
प्रतिकृया