• 1:42 am

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ११:३१

१८ असोज, २०७८ काठमाडौँ : आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ कायम छ ।


हिजो आइतबार पनि सुनको मूल्य यही थियो । यस्तै, महासंघले चाँदीको प्रतितोला कारोबार मूल्य ११ सय ६० रुपैयाँ तोकेको छ । हिजो आइतबार पनि चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिकृया