• २८ भदौ २०८३, आइतबार
  • ३ः२० दिउँसो

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज माल्दिभ्स जाँदै

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार १२:४३

११ असाेज, २०७८ काठमाडाैँ : शुक्रबारदेखि सुरु हुने साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज माल्दिभ्स प्रस्थान गर्दैछ । प्रतियोगिताको तयारीका लागि दुई साताअघि कतार पुगेको नेपाली टोली आज दिउँसो माल्दिभ्स प्रस्थान गर्ने भएको हो ।

National Life

नेपालले उद्घाटन खेलमा आयोजक माल्दिभ्ससँग शुक्रबार खेल्ने छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका थिए । तयारीका लागि कतार पुगेको टोलीबाट गोलकिपर विकेश कुथु र मिडफिल्डर राजन गुरुङलाई बाहिर राख्दै उनले घोषणा गरेको टोली आज प्रतियोगिताका लागि माले जान लागेको हो ।

नेपालले आइतबार राति ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । आफूभन्दा बलियो टोलीसँग नेपाल ७–२ ले पराजित हुँदा नेपालका लागि अनन्त तामाङ र आयुष घलानले १÷१ गोल गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

साफ खेल्ने नेपाली टोलीः किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, आयुष घलान, रोहित चन्द, सुरज जेउ ठकरी, नितिन थापा, विशाल राई, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, मनिस डाँगी, कमल थापा, अन्जन विष्ट, सुनिल बल, आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, नवयुग श्रेष्ठ ।

messenger sharing button
whatsapp sharing button
twitter sharing button

प्रतिकृया