दराज दसैँ अफरः निःशुल्क सिपिङ, डिस्काउन्टका साथमा टीभीएस एनटर्क १२५ जित्ने मौका
प्रकाशित मिति
२०७८ आश्विन १० गते, आईतवार ०३:१५
१० असोज, २०७८ काठमाडौँ : दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफर पनि सार्वजनिक गरेको छ । दराजले असोज १० गतेदेखि सुरु गरेको अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनहरूमा छुट पाउने कम्पनीले जनाएको छ ।
अभियानको मुख्य आकर्षणहरूमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २०५ अधिकतम २ लाख ५० हजार सम्मको छुट, ५ हजारसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ ।
त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिम सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भौचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीको दाबी छ । अभियानको रस आवर, इमेज रिभिउ एन्ड वीन, नयाँ प्रयोगकर्ताको लागि भौचर, खेल क्षेत्रहरु, फलो एन्ड वीन, विक्रेता भौचर र फटाफट डिल रहेका छन् ।
कार्ड प्रि–पेमेन्ट छुटमा डेबिट कार्डको माध्यमबाट २०५ (अधिकतम २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०५ (अधिकतम २,५०० छुट) सम्म बचत गर्न सकिने दराजले जनाएको छ । विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र सिटिजन्स बैंकका ग्राहकहरुले पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् ।
यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०५ ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन् । साथै, आइएमई पे वा इसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०५ ९अधिकतम १० हजार सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।
दराज दसैँ धमाकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा पुरस्कार जित्न सकिनेछ । जसमा २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई, मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्यूरिफायर र श्री बालाजी हिराको झुम्का प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसै गरि दसैँ धमाकामा सामसुङदेखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेका छन् ।








प्रतिकृया