• 12:29 am

सन्ध्या र युवराजको ‘मेरी माया आउँदैछिन्’

प्रकाशित मिति

September 6, 2021

२१ भाद्र, २०७८ काठमाडौँ : गायिका सन्ध्या डि र गायक युवराज चौलागाईंको स्वर रहेको गीत ‘मेरी माया आउँदै छिन्’को भिडियो सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएकी सन्ध्याको यो पहिलो गीत हो । गीतमा उनकै शब्द र संगीत छ ।


झम्सिखेल, ललितपुरकी स्थायी वासिन्दा सन्ध्याले नेपालमा छँदा आफू अध्ययनरत विद्यालय तथा रेडियो नेपालको बाल कार्यक्रममा गएर समेत गीत गाएकी थिइन् । ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा टिकटकका स्थापित अनुहार पुरुषोत्तम सिग्देल, सुजान श्रेष्ठ, सब्बु तथा सिर्जना फिचर्ड छन् ।


गीतका एरेञ्जर राजन इशान हुन् भने राजकुमार बगरको मिक्सिङ र मास्टरिङ छ । रामेश्वर जिरेलको छायांकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र कमल योञ्जनको निर्देशन छ ।


प्रतिकृया