• ४ असोज २०८३, आइतबार
  • १ः२४ राती

दशरथ रंगशालामा दर्शकसहित नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल

प्रकाशित मिति

२०७८ भाद्र १७ गते, बिहीबार ११:०८

१७ भाद्र, २०७८ काठमाडौँ : आज साँझ दशरथ रंगशालामा रोचक दृश्य देखिनेछ । महिनौंपछि रंगशालामा दर्शकहरु हुनेछन् । नेपाल र भारतको फुटबल टोलीले मैत्रीपूर्ण खेल खेल्नेछन् । नेपालका स्टार खेलाडीसँगै भारतको फुटबल टोलीका कप्तान सुनिल क्षेत्री पनि आकर्षणको केन्द्र हुनेछन् । क्षेत्री नेपाली भाषी भारतीय नागरिक हुन् ।

National Life

उनको मावली नेपाल नै हो । त्यसकारण उनी नेपालमा पनि प्रीय छन् । आजको खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ ।


तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ । नेपालले भारतसँग दुईवटा मैत्रिपूर्ण खेल खेल खेल्न लागेको हो । दोस्रो खेल आगामी आइतवार हुनेछ । असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया