• १६ असोज २०८३, शुक्रबार
  • ४ः४१ बिहान

बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित पाँच जना पक्राउ

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ०५:१६

९ भाद्र, २०७८  दाङ : बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित प्रहरीले दाङबाट पाँच जनालाई पक्राउ गरेको छ ।

National Life

प्रहरीका अनुसार बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन्।बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेको छ ।



जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । त्यसैगरी अर्को घटनामा प्रहरीले चितुवाको तीनवटा छाला सहित तीन जनालाई पक्राउ गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक,विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् ।

प्रतिकृया