• १२ असोज २०८३, सोमबार
  • ७ः१६ बेलुका

रेशम चौधरी निर्वाचन आयोग जाँदै

प्रकाशित मिति

२०७८ श्रावण ११ गते, सोमबार १०:५२

११ साउन, २०६७ काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।

National Life

उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको हो ।


हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया