• 9:28 pm

श्रीलंकाविरूद्धको एकदिवसीय क्रिकेट सिरिज भारतलाई

प्रकाशित मिति

२०७८ श्रावण ६ गते, बुधबार ०७:३६

६ साउन, २०७८ काठमाडौँ : भारतले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गर्दै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो । जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै २-० ले कब्जा गरेको हो ।


श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा दीपक चाहरले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । भुवनेश्वर कुमार १९ रनमा अविजित रहे । यस्तै सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ३७ रन बनाए ।


श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ आश्लन्काले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । तेस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिकृया