• १५ असोज २०८३, बिहीबार
  • १०ः३८ राती

ट्राफिक प्रहरीको ठगी बिरुद्धको अपरेसनमा तिब्रता, आजै १० जना पक्राउ

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार १२:१६

काठमाडौँ : उपत्यकामा निषेधाज्ञा खुकुलो पश्चात सबै प्रकारका सवारी साधनको निषेध खुल्लाभएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिई यात्रु ठगी गर्ने बिरुद्द अझै सक्रियता बढाएको छ । ट्राफिक प्रहरीको बिशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट आजै मात्र यात्रु ठगी गर्ने १० जनालाई पक्राउ गरेको छ । माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका बर्ष ३३ को लेख बहादुर गुरूङ, स्याङजाकै बर्ष १८ को सौगात सुनार, कास्की पोखराका बर्ष २३ को सन्तोष सुनार, सिन्धुपाल्चोकका बर्ष २३ को विज्ञान माझी र धादिङका बर्ष २९ को निराजन सापकोटा पक्राउ परेका छन् ।

National Life

त्यस्तै कंलकीबाट धादिङका बर्ष ३३ को पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका बर्ष २६ को पदम गिरी, धनुषाका बर्ष २६ को रबि आले मगर, सल्यानका बर्ष २६ को खुमराज बि.क. र नवलपारासीका वर्ष ३२ को दिपक काफ्लेलाई पक्राउ परेका छन् । अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा र शुल्क असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो । “यात्रु ठग्ने आदत छरु छ भने होसियार । सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले तपाईंलाई कुनै पनि बेला फन्दामा पार्न सक्छ ।” उहाँले भन्नुभयोस्- “गोप्य निग्रानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीब्रता दिदै आएका छौं, यात्रु ठग्ने जोसुकैलाई नियन्त्रणमा लिन्छौं ।”


पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू ग १ ख ५३१० हायस, ग १ ज ३८४३ ट्याक्सी, बा ५ ख १४५१ हायस, बा १४ च ७५६२ स्कार्पियो, ग ३ च ४९४ स्कार्पियो, बा १९ च ३९६२ स्कार्पियो र बा १३ च ५००६ स्कार्पियोलाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्त, नयाँ बसपार्क र कंलकी बुझाएको महाशाखाले जनाएको छ । तोकिएको भन्दा बढि भाडा लिएमा नजिकको प्रहरी वा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ । प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई, प्रमुख, महानगरिय ट्राफिक प्रहरी महाशाखा, ९८५१२८०४४१

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया