• ६ असोज २०८३, मंगलबार
  • १०ः१५ बिहान

१६ डिआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०६:५३

काठमाडौँ : गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीको) सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा रहेका अरुण कुमार बीसी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएका छन् ।

National Life

त्यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका उमेश रन्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएका छन् भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा रहेका उत्तमराज सुवेदी सो ठाउँमा ल्याइएको छ ।

यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ। यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए।

Classic Tech Mobile
Classic Tech Desktop

बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ।

यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णाली प्रदेशमा गणेश ऐर र सूदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ। त्यस्तै विशेष ब्यूरोमा घनश्याम अर्यालको सरुवा भएको छ।


यस्तो छ सूची

प्रतिकृया