• ५ असोज २०८३, सोमबार
  • ८ः१६ बिहान

विश्व बैङ्कबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०८:२४

काठमाडौं : विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो ।

National Life

कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैङ्कले जनाएको छ । प्राप्त अक्सिजन कन्सन्ट्रेटर देशका सातै प्रदेशमा आवश्यकताअनुसार उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले बताएका छन्। देशका सबै सार्वजनिक स्वास्थ्य संस्थामा अक्सिजनको उपलब्धता बढाउने गरी क्षमता विस्तारमा सरकार लागिरहेको पनि उनले जनाए ।


उक्त परियोजनामार्फत नेपालका हरेक प्रदेशमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी भइरहेको विश्व बैङ्कले जनाएको छ । बैङ्कका अनुसार आगामी ६ देखि १५ हप्ताभित्र यस्ता प्लान्ट स्थापना भइसक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्व बैङ्कले कोरोनासँग जुध्न तत्कालका लागि नेपाललाई १० करोड ४० लाख डलर सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया