• ५ असोज २०८३, सोमबार
  • ९ः२६ बिहान

बागमतीका नेतासँग देउवाको छलफल सुरु, सिटौला पक्षका नेता पनि सहभागी

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०९:५७

काठमाडौं : फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफू निकटका नेताहरसँग छलफल थालेका छन् । यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् ।

National Life

बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी छन् । बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।


हालसम्मको छलफलमा देउवाले आसन्न १४औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया