बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको विरोधमा प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ
प्रकाशित मिति
२०७८ जेष्ठ २७ गते, बिहीबार ०३:४९
काठमाडौँ : झापास्थित बीएण्डसी अस्पताललाई अवैध रुपमा मेडिकल कलेजको सम्बन्धन दिन लागिएको विरोधमा प्रदर्शनमा उत्रिएका सोलिडारिटी फर डा. केसी अलायन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रुपमा बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन लागेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ परेको सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिएका छन्।
डा. क्षेत्रीका अनुसार माइतिघर मण्डलामा विरोध प्रदर्शनका क्रममा अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको हो। उनले पक्राउ परेका सबैको तत्काल रिहाइको मागसमेत गरेका छन्।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, काठमाडौँ विश्वविद्यालय ऐन २०४८ तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को प्रतिकूल हुने गरी बीएण्डसीलाई सम्बन्धन दिने प्रयास हुनुले प्रधानमन्त्री ओलीले कानुनी राजको उपहास गरिरहेको देखिएको डा। क्षेत्रीको भनाइ छ






प्रतिकृया