• २९ भदौ २०८३, सोमबार
  • २ः२८ राती

माधव नेपाल पक्षधर २० सांसदले राजीनामा दिनेगरि हस्ताक्षर गरे, एमालेको एकता टर्यो

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०७:२६

काठमाडौं :  नेकपा एमाले को एकता प्रयास असफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि एमालेमा एकताको प्रयास थालिएको थियो । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्ष आफ्नो अडानबाट टसमस नभएपछि एकता टरेको हो ।

National Life

 

माधव पक्षले एकताको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन बनाएको थियो । तर, अध्यक्ष ओलीले अब कुनैपनि हालतमा पछि फर्कन नसकिने अडान लिएपछि माधव नेपाल पक्षका २० जना सांसदले राजीनामा दिने भएका हुन् । विश्वस्त सूत्रका अनुसार माधव नेपाल, भीम रावल, घनश्याम भुषालसहित २० जना सांसदले राजीनामा दिनेगरि पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

उनीहरु पनि एकताको लागि प्रयासरत थिए । तर, कुनैपनि हालतमा एकताको मिलनविन्दु पहिल्याउन नसकिने भएपछि प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्नको लागि पनि सामूहिक राजीनामा दिने निश्कर्षमा आफूहरु पुगेको माधव नेपाल पक्षधर एक सांसदले  जानकारी दिए । एमालेको १२१ सांसद संख्या हो । माधव नेपाल पक्षधर २० जना सांसदले राजीनामा दिँदा एमालेसँग अब १०१ मात्रै संख्या रहने भयो ।

प्रतिकृया