• २९ भदौ २०८३, सोमबार
  • १०ः३४ बिहान

धनगढी गेटामा २ हजार क्षमताको आइसोलेसन निर्माण कार्य सुरु

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०४:४६

धनगढी :  कैलाली धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो। मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु गरेको हो।

National Life

 

मन्त्री भट्टले आइसोलेसन व्यवस्थापनको लागि गेटामा तत्काल विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनको लागि निर्देशन दिइएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी अध्यक्ष समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले २ हजार क्षमताका होडिंग सेन्टरसहितको आइसोलेसन निर्माण गरिने बताए।  अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने बताउँदै प्रजिअ रिजालले आफ्नै नेतृत्वमा र्‍यापिड एक्सन टीम समेत बनाइने जानकारी दिए।

 

प्रतिकृया