१७ जिल्लामा २०० भन्दा बढी संक्रमित भेटिए
प्रकाशित मिति
२०७८ बैशाख १५ गते, बुधबार ०८:२४
कोरोना संक्रमण काठमाडौं उपत्यकासहित तराई र पहाडमा केही जिल्लामा संक्रमितको संख्या ५ सयमाथि नाघेको छ । हालसम्ममा १७ जिल्लाभित्र २०० भन्दा माथि संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमण दर बढ्दै गएपछि सरकारले २०० भन्दा धेरै संक्रमित भएका पहाडी जिल्ला र ५०० माथि संक्रमित भएका तराईका जिल्लाहरुमा निषेधाज्ञा जारी गर्न सक्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यस्तै जिल्लाभित्र ५०० भन्दा माथि संक्रमित रहेको संख्या १० पुगेको छ ।
५ सय भन्दामाथि संक्रमित जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही पर्छन् ।त्यस्तै दुई सय भन्दामाथि सक्रमित भएका सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कन्चनपुर र कैलाली जिल्ला छन् ।
दुईसय र पाँचसय संक्रमित पुगेका हिमाल, पहाड र तराईका जिल्लाहरूले निषेधाज्ञा गर्ने तयारी गरिरहेका छन् । काठमाडौंपछि बाँकेमा धेरै संक्रमित देखिएका छन् । त्यहाँ मंगलबार मात्रै ४ हजार ५ २४ मा कोरोना पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्न निर्णय भएको छ भने केही जिल्लाले निषेधाज्ञा गरिसकेका छन् ।







प्रतिकृया