• 5:22 pm

 प्राइम टाईम्स टेलिभिजनको प्रादेशिक कार्यालय वीरगञ्जमा स्थापना, मुख्यमन्त्री राउत र अध्यक्ष धमलाद्वारा उद्घाटन 

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०५:०१

काठामडौं : प्राइम टाइम्स टेलिभिजनको प्रदेश २ को प्रादेशिक कार्यालय वीरगञ्जमा स्थापना भएको छ । आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र टिभीका अध्यक्ष ऋषि धमलाले उक्त कार्यालयको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् । मुख्यमन्त्री राउतले प्राइम टाइम्स टेलिभिजनले पहिलो प्रादेशिक कार्यालय वीरगञ्जलाई नै रोजेकोमा धन्यवाद ज्ञापन गरे ।

उनले प्राइम टाइम्स टेलिभिजनले दुरदराजका जनतासम्म पुग्ने र उनीहरुको मन जित्ने सामथ्र्य प्राप्त गर्ने आशा व्यक्त गरे । ऋषि धमलाको अध्यक्षतामा अगाडि बढिरहेको प्राइम टाइम्स टेलिभिजन अझ सशक्त हुने उल्लेख गर्दै नेपाली बहसको समेत स्मरण गरे । हरेक विहान धमलाको बेजोड प्रस्तुतीबाट सर्वसाधारणले पनि बहसमार्फत् सूचना र यथार्थ जानकारी दुवै पाउने गरेको सुनाए । धमलाको नेतृत्वमा प्राइम टाइम्स टेलिभिजनलाई धेरै धेरै प्रगतिको शुभकामना व्यक्त गरे ।

 

 

प्रादेशिक कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष धमलाले आफ्नो कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रम सबैभन्दा बडि हेर्ने कार्यक्रम भएको दाबी गरे । उनले आफूहरुले कुनैपनि दललाई माइनस नगरेको जिकिर गरे । उनले आफूहरुले सबैलाई समान अवसर दिएकोले सबैको प्रिय टेलिभिजन बनेकोमा शुभकामना दिए । उनले भने,‘प्रधानमन्त्रीले समेत बोलाएर दुई पटक ईन्टरभ्यु दिनुभयो, उहाँले पनि सबैभन्दा बढि टिआरपी भएको कार्यक्रम भन्नुभयो ।’

प्रतिकृया