• २७ भदौ २०८३, शनिबार
  • ४ः१६ बिहान

पर्सामा नेकपा एमाले माधव पक्षको समानान्तर कमिटी गठन

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०४:४८

चितवन: पर्सा जिल्लामा पनि नेपाल कम्युनिष्ट पार्टी एमालेको समानान्तर कमिटी गठन गरिएको छ। वीरगञ्जमा शनिबार आयोजना गरिएको एमालेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा समानान्तर कमिटी घोषणा गरिएको हो।

National Life

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा १ सय ७५ सदस्यीय समानान्तर कमिटी गठन गरी घोषणा गरिएको हो। पर्सामा गठन गरिएको एमाले समानान्तर कमिटीको अध्यक्षमा बालगोपाल थापालाई चुनिएको पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साह तेलीले जानकारी दिए।

हालका लागि थापाको अध्यक्षतामा १ सय ७५ जना जिल्ला कमिटी गठन गरिएको संविधानसभा सदस्यसमेत रहेका उनले बताए। भेलामा एमाले माधव पक्षका नेता–कार्यकर्ताको सहभागिता थियो।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो समय नेकपा एमालेमा विवाद बढ्दै गएपछि माधव नेपाल पक्षले देशभर सामानान्तर कमिटी घोषणा गर्दै आएको छ। प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टीमा निर्णय गर्दै आएको भन्दै नेपाल पक्ष रुष्ट भएको हो।

प्रतिकृया