भारतको मुम्बईबाट आएका दैलेखका युवामा कोरोना भएको पुष्टि
प्रकाशित मिति
२०७७ चैत्र १७ गते, मंगलवार ०६:३८
नेपालगञ्ज: भारतको मुम्बईबाट आएका दैलेखका ३४ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ। भारतबाट फर्किएका नेपालीलाई जाँच गर्न नेपालगञ्जमा नाकामा राखिएको हेल्थ डेस्कमा जाँच गर्दा ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले हेल्थ डेस्क राखेपछि तीन जनालाई कोरोना देखिएको जानकारी दिए।उनका अनुसार बर्दिया र रोल्पाका व्यक्तिलाई यसअघि नै कोरोना देखापरिसकेको छ।नेपालगञ्ज नाकामा भारतबाट फर्किएका व्यक्तिलाई थर्मल गनले जाँच गर्ने र ज्वरो देखिएमा एन्टीजेन जाँच गर्ने गरिएको छ।
भारतको मुम्बई, दिल्ली, गुजरात लगायतका सहरमा कोरोना दोस्रो लहर देखापरेको छ। ती ठाउँबाट आएका व्यक्तिलाई विशेष निगरानी गर्ने गरिएको छ।
यतिबेला नेपालगञ्ज नाकाबाट दैनिक पाँच सय बढी मानिस भारतबाट फर्किरहेका छन्।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया