कोइराला जस्तै देशलाई निकाश दिने राजनेताको खाँचो छ: महेश आचार्य
प्रकाशित मिति
२०७७ चैत्र ८ गते, आईतवार १०:३७
भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महेश आचार्यले प्रधानमन्त्रीले तत्कालै राजिनामा दिई देशलाई निकास दिनुपर्नेमा जोड दिएका छन् । देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै आचार्यले अहिले गिरिजा प्रसाद कोइराला जस्तै देशलाई निकाश दिने राजनेताको खाँचो भएको बताए । गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसको सन्दर्भमा जिपी फाउन्डेशन भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता आचार्यले यस्तो बताएका हुन।
आफैंले भंग गरेको तर सर्बोच्च अदालतको आदेश पछि पुर्नजिवीत भएकोले प्रधानमन्त्रीलाई संसदको बैठकमा आउन नैतिकता नभएको उको भनाई छ। नेता आचार्यले पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याई नयाँ सरकार बनाउनुपर्ने बताए ।
सर्बोच्चको आदेशसँगै प्रधानमन्त्रीले नैतिक रुपमा संसदबाट बिश्वास गुमाईसकेको भन्दै प्रधानमन्त्रीले प्रधानमन्त्रीले संसदबाट तत्काल
विश्वास मत लिनुपर्ने उनको भनाई थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष को त के कुरा आफ्नै दुई तिहाई नजिकको पार्टी फुटाएर असक्षमता देखाएको धारणा राखेका थिए । देशको अवस्था बिग्रनुमा ओलीको मात्र नभएर तत्कालिन नेकपामा रहेका माधव
नेपाल र प्रचण्ड पनि दोषी रहेको दाबी गरे ।
शसस्त्र द्वन्द्वमा फसेको देशलाई कोईरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रकृयामा ल्याएको स्मरण गरे। कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले बिगतमा जस्तै कांग्रेसले देशलाई निकास दिने बेला आएको बताउनुभयो ।उनले लशान्ति प्रकृयामा कोईरालाले पुर्याएको योगदानको चर्चा गरे । पुर्व सांसद लेखनाथ न्यौपाने, जिपी फाउन्डेसन भक्तपुरमा संयोजक विदुरमान सिंह बस्नेत लगायतले स्वर्गीय गिरिजा प्रसाद कोईरालाले शान्ति,
सहमति ,एकता र सहकार्यको सिद्धान्त मार्फत देशलाई निकाश दिएको र
उहाँको यो कार्यशैली अहिले पनि अनुशरणीय रहेको बताए।






प्रतिकृया