• २८ भदौ २०८३, आइतबार
  • ८ः४७ राती

म्यानमार दूतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०५:३६

काठमाडौं: म्यानमार बर्मामा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनविरुद्ध, राजनीतिक बन्दीको बिना सर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले २०७७ चैत २ गते नेपालस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरेको छ ।

National Life

ललितपुर भैँसेपाटीस्थित म्यानमार दूतावास अगाडि दिउँसो भएको प्रदर्शनमा म्यानमार  सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणि बञ्जारा र सरस्वती ढकाल, सदस्यहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिना, दुर्गा राना, उमा गौतमसहित ६ दर्जन बढी अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र संखुवासभामा पनि चैत २ गते शान्ति समाजका शाखाहरूले बर्मामा भइरहेको हत्या र दमनको विरोध गर्दै लोकतन्त्र बहालीका लागि आग्रहसहित प्रदर्शन गरेका छन् भने दाङसहित १ दर्जन बढी शाखाहरूले प्रदर्शन गर्दैछन् ।

प्रतिकृया