• २९ भदौ २०८३, सोमबार
  • ८ः३८ बिहान

छात्रवृति सम्बन्धि सहमति तत्काल कार्यान्वयन गर्न नेविसंघको माग

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०६:३१

काठमाडौं :त्रिभुबन विश्वबिद्यालय बाट स्वीकृत प्राप्त ब्यवस्थापन संकाय अंतरगत  BBA, BIM, BHM, BBA-Fin  लगायतका कोर्सहरु मा १०५ बिद्यार्थीहरुलाई १००५ छात्रवृति दिने यस अघिको सहमति तत्काल कार्यान्वयन गर्न नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गराएको छ ।

National Life

नेबिसंघका अध्यक्ष राजिब ढुंगानाले आज एक बिज्ञप्ति जारी गर्दै त्रि.वि आंफैले गरेको सहमति सवै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्सहरुमा तत्काल लागु गर्न भन्दै विद्यार्थी आंदोलनवाट प्राप्त उपलब्धीको रक्षा गर्न र त्रि.वि र सवै आंगिक तथा संवन्धन प्राप्त क्याम्पसहरु लाई सहमति लागु गर्न खवरदारी गरेका छन ।

BBA, BIM, BHM, BBA-Fin लगायत का कोर्स हरुमा त्रि.बि र ने.बि संघ बीच २०७६र४र१३ गते सम्पुर्ण कोर्समा १०५ विद्यार्थी ले १००५ छात्रवृत्ति पाउने भनी सहमति भैइ सबै क्याम्पसहरुमा कार्यान्वयन गर्न २०७६ सालकै शैक्षिक सत्र बाट लागू हुने गरि त्रि.बि.बिर डिन कार्यलयले पटक पटक परिपत्र गर्दा समेत हालसम्म कार्यान्वयन नगरी विद्यार्थीहरु बाट पैसा उठाएको र विद्यार्थीहरुले पाउने छात्रवृत्ति सम्बन्धित क्याम्पसले उपलब्ध नगराएको भन्दै ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले त्रि.बि.बि र क्याम्पस ले लाचार रुपमा विद्यार्थी लाई शोषण गरिरहेकोले सो नरोकिए कडा आन्दोलनमा उत्रने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

महामन्त्री तिमल्सिनाले विद्यार्थी हरुले पाउनु पर्ने छात्रवृत्ति उपलब्ध गराउने ब्यबस्था मिलाउन त्रिभुवन बिश्व विद्यालय र सम्पुर्ण आङिगक तथा सम्बन्धन प्राप्त क्याम्पस हरुलाइ खबरदारी गरेका छन । यस्तै नेपाल विद्यार्थी संघको तर्फबाट बिगतमा भएको सो आन्दोलनको नेतृत्व गर्दै सहमतिमा समेत संघको तर्फबाट हस्ताक्षर गरेका शंकरदेव क्याम्पसका नेता दिपक ओझाले अधिकांश निजि क्याम्पस हरु ले छात्रवृत्ति को नाममा ४,५०,००० सम्म उठायको सो रकम तत्काल फिर्ता नगरे कडा आन्दोलन गरिने बताए ।

प्रतिकृया