• ९ असोज २०८३, शुक्रबार
  • १०ः३१ राती

जय शम्भो

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०३:५७

काठमाडौं : देशभरका शिवालयहरुमा महाशिवरात्रिको चहलपहल बाक्लिएको छ । फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प गरेपछि शिवालयहरुमा रौनक बढेको देखिन्छ ।

National Life

पशुपतिनाथ मन्दिरमा साधुसन्त र भक्तजनहरुको भीड बाक्लिएको छ । पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था समेत गरिएको छ । पशुपति क्षेत्रमा महाशिवरात्रि मनाउन हालसम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साधुसन्तहरुले देखाउने विभिन्न क्रियाकलाप, पहिरन र गाँजा तानिरहेको दृश्य हेर्न धेरै युवायुवतीहरु पनि पशुपतिनाथ पुग्ने गरेका छन् । दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै दिशाका ढोका खुला गरिने भएको छ भने मास्क अनिवार्य गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया