• १० असोज २०८३, शनिबार
  • ३ः०४ राती

सहकारी बैंकले सातै प्रदेशमा शाखा कार्यालय खोल्न पाउने

प्रकाशित मिति

२०७७ फाल्गुन १४ गते, शुक्रबार ०६:०६

काठमाडौं- सहकारी बैंक ‘राष्ट्रिय सहकारी बैंक’ले अब सातै प्रदेशमा आफ्नो प्रादेशिक शाखा कार्यालय खोल्न पाउने भएको छ । बैंकले हालैमात्र नेपाल राष्ट्र बैंकबाट प्रादेशिक शाखा कार्यालयका लागि स्वीकृति पाएको हो । योसँगै हालसम्म केन्द्रिय कार्यालयसहित केही मुख्य शहरहरु, जिल्लाहरुमा शाखा कार्यालय रहेको बैंकले अब प्रादेशिक कार्यालय समेत खोल्न पाउने भएको छ ।

National Life

सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको र बैंकको साधारणसभाले समेत प्रदेश शाखा कार्यालय स्थापनाका लागि नेपाल राष्ट्र बैंकसँग माग गरिएकोमा हालैमात्र बैंकबाट आफुहरुले स्वीकृति प्राप्त गरेको सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

अध्यक्ष उप्रेतीका अनुसार सहकारी बैंकले सातै प्रदेशमा शाखा कार्यालय खोल्ने तयारी समेत गरेको जानकारी दिए ।  प्रदेश संरचना तथा प्रदेश राजधानीका आधारमा बैंकको प्रादेशिक शाखाहरु प्रदेश नं। १ को विराटनगरमा, प्रदेश नं। २ को जनकपुरमा, बागमती प्रदेशको हेटौडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रादेशिक कार्यालय रहने जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

जसमा हालसम्म प्रदेशभित्र रहेका अन्य सबै शाखा कार्यालयहरुलाई उक्त प्रादेशिक कार्यालय अन्तरगत राख्ने र सोही प्रादेशिक कार्यालयबाट तत्तत् जिल्ला तथा प्रादेशिक शाखा कार्यालयहरुलाई सहजीकरण गरिने उनले जानकारी दिए ।हाल सहकारी बैंकका देशैभरी ६८ वटा शाखा कार्यालयहरु रहेका छन् भने बैंकमा करिब १३ हजार सहकारी संघ–संस्थाहरु सदस्य रहेका छन् । बैंकसँग कुल २ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर पुँजी रहेको छ भने ५८ अर्ब निक्षेप संकलनका साथै ३० अर्ब भन्दा बढि कर्जा लगानी गरेको छ ।

प्रतिकृया