• १० असोज २०८३, शनिबार
  • ४ः२३ बिहान

धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार ०६:४९

धरान, माघ १८ । धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भएको छ । उक्त कार्यक्रम अन्तर्गत धरानका १५७ जनालाई सय दिनको रोजगारी प्रदान गरिँदै छ ।

National Life

रोजगार कार्यक्रममा छनोट भएका धरान–२० का युवालाई बिहीवार धरान उपमहानगरले विभिन्न औजार÷सामग्री उपलब्ध गराएको छ । यो वर्ष धरान उपमहानगरपालिकाका १५७ जनालाई १०० दिनको रोजगारी दिनेगरी बजेट प्राप्त भएको सामान्य महाशाखाका वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

उनका अनुसार उनीहरूले दैनिक ५१७ रुपैयाँ पारिश्रमिक पाउनेछन् । ‘कार्यक्रम सञ्चालनका लागि हामीले धरान उपमहानगरका १५–१६ ओटा आयोजना छनोट गरेका छौं, तीमध्ये पहिले वडा नं २० मा ड्रेनको माटो सफाइ गरिनेछ ।’ क्रमशः अन्य वडाका योजनाहरूमा काम गर्दै जाने उनले बताए । उनका अनुसार पहिलो चरणमा १५ जनाले रोजगार पाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

धरान उपमहानगरका मेयर तिलक राईले १०० दिनको कामले कम्तीमा रोजगारदाताको गुजारा चल्ने बताए । गतवर्ष धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थोरै बजेट र ढिलो योजना आएकाले प्रभावकारी हुन सकेको थिएन । आर्थिक अभियान दैनिकबाट

प्रतिकृया