• ११:४६ २०८० चैत्र १६ गते
  • 11:46 am

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ जारी

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०१:५२

adalat e1615005574434

काठमाडौँ:प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ ।

रिट निवेदकका तर्फबाटअधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेर आजको सुनुवाइको सुरूवात गरेका छन् ।

अधिवक्ताहरूले बहस लम्ब्याएपछि बुधबारबाट एक जनालाई आधा घण्टाभित्र बहस सक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले रूलिङ गरेकोमा आज त्यसलाई पनि घटाएर २० मिनेटमा झार्ने प्रयत्न गरेका छन् ।

आजको बहसको शुरूमै प्रधानन्यायाधीश जबराले २० मिनेटमा बहस सक्न अधिवक्ता अर्याललाई आग्रह गरेकोमा उनले आफूलाई पनि ३० मिनेट नै समय चाहिने बताएपछि उनले आधा घण्टा नै बहस गरेका छन् ।

अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । विगतमा राष्ट्रप्रमुखले संविधानविपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने तर्क गरे ।

सर्वोच्च अदालतका अनुसार प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबारसम्म १८ जनाले मात्रै बहस गरेका छन् । यो रिटमा बहस गर्न ३ सयभन्दा बढी अधिवक्ताले वकालतनामा लेखाएका छन् ।

 

रिट निवेदकहरूले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरेका छन् ।

 

प्रतिकृया