• २७ भदौ २०८३, शनिबार
  • ७ः३९ बिहान

मोरङमा शिक्षकको हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोलसहित पक्राउ

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ११:५८

मोरङ-विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज डीबी सिलवाल भन्ने धनबहादुर विकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

National Life

मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरेको सूचना पाएर गएको मोरङ प्रहरीको टोलीले विकलाई मोरङको बूढीगङ्गा–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी सङ्खुवासभा मादी नपा–४ ओखरबोटेका हुन् । उनका साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल र तीन थान गोलीसमेत बरामद गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विक मंसिर २३ मा मोरङ मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खे बस्ने शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिकृया