केपी ओलीको भाषामा राजा महाराजाहरूको जस्तै दुर्गन्ध आयोः प्रचण्ड
प्रकाशित मिति
२०७७ माघ ६ गते, मंगलवार ०४:४२
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेपाल–दाहाल पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमा दम्ब देखिएको बताएका छन् ।
मंगलबार प्रेस संगठन नेपालले गरेको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमा पूर्व राजा महाराजाहरूको दुर्गन्ध आउन थालेको बताएका हुन् ।
ओली धुर्त व्यक्ति रहेको भन्दै उनले ओलीले आफ्नो अधिकार नै नभएको कुरा प्रयोग गरेको र यसले देशलाई अराजकताको भूमरीमा लैजाने बताए ।
उनले भने, ‘ओलीको भाषामा राजा महाराजाको गन्ध गइरहेको छ। ओलीलाई रोक्नुपर्छ नत्र देशमा दुर्घटना निम्तिन सक्छ ।’
उनले थपे, ‘कसैले आफ्नो बच्चाको हत्या गर्न खोज्छु, त्यसको रक्षाका लागि जस्तोसुकै कदम चलाउन सक्नुपर्छ।’
ओलीको प्रवृत्ति तानाशाही र निरङ्कुश भएको दाहालको टिप्पणी छ ।
पार्टीभित्र बहुमतको निर्णय लागू हुने विधानमा रहेको स्पष्ट पार्दै उनले पार्टी एकता गर्दा ओलीले किर्ते सहमति गरेको दाबी गरे।






प्रतिकृया