• २७ भदौ २०८३, शनिबार
  • ९ः१९ बिहान

निर्वाचनले मात्र समस्याको समाधान हुदैन पूर्वप्रधानमन्त्री भट्टराई

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ११:३२

काठमाडौं-   पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन् । गोरखा सदरमुकाममा आज पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा बहुमतको सरकार पनि ५ वर्ष टिक्न नसकेकाले स्थिर सरकारका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको दाबी गरे ।

National Life

जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा। भट्टराईले सर्वोच्च अदालतले संसद् विघटनलाई खारेज गरिदिए समस्याको समाधान सजिलो ढङ्गले हुने बताए ।

संविधान निर्माणका क्रममा यस्ता खालका समस्याको समाधानका लागि संविधानमा नै संवैधानिक अदालतको व्यवस्था गर्नुपर्छ भन्ने पक्षमा आफूहरुको अडान भए पनि अहिलेको संविधानमा त्यस्तो व्यवस्था गर्न नसकिएकाले अहिले अभाव खड्किएको डा भट्टराईको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले अहिलेको समस्या समाधानका लागि सबै पक्ष, राजनीतिक दल एक हुनुपर्छ भन्ने पक्षमा जनता समाजवादी पार्टीको चाहना रहेको बतार । “संसद् विघटनको विषयमा मूख्य रुपमा नेपाली कांग्रेसको अलि बढी अस्पस्टता भयो, कांग्रेसमा दुई धार प्रस्ट देखिएको छ”, डा भट्टराईले भने, “प्रचण्ड–नेपाल पक्षको ओली पक्षसँग निर्णायक सम्बन्ध विच्छेद त्यसको कारण रहेको छ ।”

कुनै व्यक्तिलाई सविधानविपरित अनाधिकृत ढङ्गले संविधानका आधारभूत कुरालाई भत्काउने अधिकार दिइयो भने भोलि चुनाव पछि आउने सरकारले पनि भत्काउँछ, फेरि त्यसपछि आउनेले पनि भत्काउँछ, त्यसो गर्दा संविधान त ध्वस्त हुन्छ”, डा। भट्टराईले भने । राससर

प्रतिकृया