एजेन्सीः भियतनाममा एक व्यक्तिलाई बीयर पिउन दिएर ज्यान जोगाइएको घटना सार्वजनिक भएको छ ।
मदिरासेवन स्वास्थ्यका लागि हानिकार भनिएपनि उनले इच्छाका कारण र उनलाई बचाउन चिकित्सकहरूले १५ क्यान बीयर पिलाएका हुन् ।
उक्त व्यक्तिको नाम गुयेन व्याट हाट हो र उमेर ४८ वर्ष बताइएको छ ।
बीयर पिलाएपछि उनको ज्यान जोगियो । बीयरमा भएको एथानोलले रक्सीमा हुने मेथनोललाई काट्छ । बीयरले लिभर सफा गर्छ र संक्रमण घटाउँछ । पन्ध्र क्यान बीयर शरीरमा पुगेपछि बल्ल रोगीलाई होश आयो ।
तर अनौठो उपचारपछि गुयेनको ज्यान बचेको छ । अहिले उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिकृया