• ९ असोज २०८३, शुक्रबार
  • ९ः२५ राती

जग्गा किर्तेमा ५० विरुद्ध मुद्दा

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार १०:०३

काठमाडौं: सार्वजनिक जग्गा किर्ते आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ कर्मचारीसहित ५० जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। १७ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएको छ भने ३३ लाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

National Life

जग्गा माफियाले नापी र मालपोतका कर्मचारीको मिलेमतोमा ललितपुरका साविक हरिसिद्धि गाविस–१ क, धापाखेल गाविस–१ क तथा हाल ललितपुर महानगरपालिका–२८ र २३ स्थित ८ रोपनी १२ आना ३ पैसा २ दाम सरकारीरसार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। उक्त कार्यमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी र मालपोत प्रमुख उपसचिव बाबुराम खनालको मिलेमतो देखिएको आयोगले जनाएको छ।

त्यस्तै, युरो ल्यान्ड डेभलपर्स प्रालि, युरो हाउजिङ डेभलपर्स प्रालि र काठमाडौं अस्पताल प्रालिका सञ्चालकको संलग्नता देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरूले ०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिकरसरकारी जग्गासमेत प्लटिङ गरी बिक्रीवितरण गरेको पाइएको छ। तत्कालीन नापी प्रमुख जैसी र मालपोत प्रमुख खनालसहित १७ जनाविरुद्ध २ करोड २ लाख ३३ हजार रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले बताए। उनीहरूविरुद्ध तीन वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपरको माग गरिएको छ। जग्गा किन्ने ३३ विरुद्ध जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

साविक हरिसिद्धी गाविस–१ क हाल ललितपुर महानगरपालिका–२८ र साविक धापाखेल गाविस–१ घ ९२० हाल ललितपुर महानगरपालिका–२३ स्थित सिलौटेमा पर्ने कर्मनासा ९कोड्कु० नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारीरसार्वजनिक जग्गा युरो हाउजिङ डेभलपर्सले मालपोत र नापीका केही कर्मचारीसँगको मिलेमतोमा ०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री वितरण गर्न लागेकाले आवश्यक कारबाही गरिपाऊँ भन्ने व्यहोराको उजुरी परेको थियो। अख्तियारले नापी प्रमुख जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्वेक्षक केशव थापा मगरविरुद्ध मुद्दा दायर गरेको छ। त्यस्तै, तत्कालीन मालपोत प्रमुख उपसचिव खनाल, नायबसुब्बा ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेललाई प्रतिवादी बनाइएको छ। अन्नपूर्णपोस्ट् दैनिकबाट

प्रतिकृया