पेट बढेको छ चिन्ता नगर्नुस्, यसरी घटाउन सकिन्छ
प्रकाशित मिति
२०७७ पुष २४ गते, शुक्रबार ०६:५४
पेटमा बोसो भरिन थालेपछि शरीर भद्दा देखिने मात्र नभई यसले स्वास्थ्यमा समेत असर पुर्याइरहेको हुन्छ । तसर्थ, पेटमा जमेको बोसो अर्थात् बढेको भुँडीलाई घटाउन आवश्यक छ ।
त्यसका लागि निम्न कुरा पालना आवश्यक हुन्छ –

- भोजनमा फाइबरयुक्त खानेकुरा बढी समावेश गर्नुहोस् । जसले आन्द्रालाई स्वस्थ राख्नुका साथै पेट भरिएको महसुस गराएर तौल घटाउन सहयोग गर्छ ।

- प्रशस्त मात्रामा पानी पिउनुहोस् । नियमित पानी पिउँदा पाचन प्रणाली सन्तुलित हुनुका साथै शरीरमा रहेका विषाक्त वस्तुलाई पानीले बाहिर निकाल्छ ।हरेक दिन बिहान कागती पानीको सेवन गर्दा पनि तौल नियन्त्रण हुन्छ ।
- मासु वा बोसोजन्य पदार्थको सेवन एकदमै कम गर्नुहोस् । बरु यसको सट्टामा माछा खान सकिन्छ ।
- अदुवा, लसुन, मरिच तथा दालचिनीजस्ता मसला राखेर तरकारी पकाउँदा त्यसले रोगप्रतिरोधी क्षमता बढाउन सहयोग पुग्छ । साथै, रगतमा रहेको सुगरको मात्रालाई नियन्त्रण गर्छ ।
- एरोबिक पनि पेटको बोसो घटाउने प्रभावकारी उपायमध्ये पर्छ । नियमित व्यायाम गर्दा क्यालोरी घट्ने भएकाले तौल स्वतः घट्छ ।
- अत्यधिक मदिरा पिउँदासमेत पेटमा बोसो जम्मा हुने गर्छ । यसर्थ, सकेसम्म मध्यपान गर्ने बानी त्याग्नु नै बेस हुन्छ ।




प्रतिकृया