• ९ असोज २०८३, शुक्रबार
  • २ः५१ राती

प्रधानमन्त्री ओली धनगढी जाँदै

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०९:४४

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढी जाँदै छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् ।

National Life

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर निस्किएका ओलीले पार्टीको संस्थापन र आधिकारिक पक्ष आफूहरू रहेको सन्देश दिनेछन् ।

करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना चार दिनेदेखि धनगढीमा खटिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

 

 

 

प्रतिकृया