• १० असोज २०८३, शनिबार
  • ११ः१७ राती

देशका मुख्य सहरमा ओली सरकारविरूद्ध जसपाको प्रदर्शन र सभा

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०७:२३

काठमाण्डौँः जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशका विभिन्न मुख्य सहरहरूमा प्रदर्शन र सभा गर्ने भएको छ ।

National Life

पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्न पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा जसपा सडक संघर्षमा उत्रन लागेको हो। यसअघि पनि उसले विरोधका विभिन्न कार्यक्रम गरिसकेको छ। पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा कार्यक्रम हुनेछ। पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव विराटनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन्। अर्का अध्यक्ष महन्थ ठाकुर भैरहवामा हुने कार्यक्रममा सहभागी हुने जसपाले जानकारी दिएको छ।

जसपाले माघ ७ गते सबै जिल्ला सदरमुकामलगायत प्रमुख सहरहरूमा पनि प्रदर्शन र विरोध कार्यक्रम गर्ने भएको छ।

प्रतिकृया