• ८ असोज २०८३, बिहीबार
  • ११ः२४ राती

प्रधानमन्त्री ओलीले अनिष्ट निम्ताउने खतरा छ: नेपाल

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०३:११

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल खेमाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमले मुलुकमा अनिष्ट निम्ताउने खतरा बढ्ने बताएका छन् ।

National Life

बुधबार काठमाडौंमा आयोजित प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको विरुद्धमा राजनीतिक पार्टीहरुको अन्तरक्रिया कार्यक्रममा नेपालले प्रधानमन्त्री ओलीबाट मुलुकमा संकटकाल लगाउने तयारी भएको बताएका हुन् ।

आफूले ओलीले संकटकाल निम्त्याउने तयारी आफुले गरेको सुनेको तर त्यस्ता षड्यन्त्र सफल नहुने दाबी समेत गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

‘सत्ताले मानिसलाई बिगार्दो रहेछ। ओलीलाई पनि बिगारेको छ। सिंगो संविधान र गणतन्त्रमाथि प्रहार गरेका छन्।’नेपालले भने ।

प्रतिकृया