कालो कर्तुतलाई लुकाउन र आसेपासेलाई भरणपोषण गर्न नेपाल–दाहालको सडक आन्दोलनः नेता बस्नेत
प्रकाशित मिति
२०७७ पुष १० गते, शुक्रबार ०६:५१
पोखराः नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पुष्प कमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु फगत सडक आन्दोलमा उएिको बताएका छन् ।
पोखरामा राष्ट्रिय युवा संघ नेपालले गण्डकी प्रदेश स्तरिय युवा भेलालाई सम्बोधन गर्दै उनले आफ्नो कालो कर्तुतलाई लुकाउन र आफ्ना आसेपासेलाई भरणपोषण गर्नको लागि राजकिय तथा शासकीय पदहरु नाजायज रुपमा माग गरी सडक आन्दोलन गरेको बताएका हुन् ।
सडक आन्दोलनमा रहेका केही नेताको ४/५ घण्टाको अन्तरालमा राजकीय र शासकीय स्वार्थ बोक्नेहरुको सपना तुहिएको उल्लेख गर्दै उहाँले प्रचण्ड, नेपाल, खनाललगायतले आत्मघाती काम गरेको बताए ।
लाई लक्षीत गर्दै भ्रष्टाचारी, दलाली, राष्ट्रघातीलाई अख्तियारले खुट्टा नकमाई निर्ममताका साथ कारवाही गर्न अख्तियार प्रमुखलाई आग्रह गर्दै नेपाली राष्ट्रप्रेमी युवाहरु तपाईको साथमा रहेको उद्घोष गरे ।
युवा संघले भ्रष्टाचारी, राष्ट्रघातीलाई रातभर सुत्न नदिने उद्घोष गर्दै उहाँले काम नगरी माम मात्र खोज्दे भन्दै आन्दोलन गरिरहेको उल्लेख गरे ।
प्रचण्डले समर्थन गरेको सिद्धान्त नै जनताको जनवाद भएको उल्लेख गर्दै नेता बस्नेतले जबजबाट नै जनताको जनवाद प्रतिपादन गरिएको भन्दै नेता बस्नेतले गौतमबुद्ध जत्तिकै उचाई भएको नेता केपी ओली रहेको, वर्तमान समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै आजलाई हैन–भोलीलाई, १० वर्ष केपी ओलीलाई भन्ने युवाहरुको माग रहेको बताए ।
उनले भ्रष्टाचारी तथा अपराधीले अख्तियार, प्रहरी प्रमुख, सेना प्रमुख आफ्नो मान्छे तथा प्रधानमन्त्री, राष्ट्रपति आफुललाई चाहिन्छ भनि सडक आन्दोलन गरिरहेको आक्रोस व्यक्त गरे ।

पूर्वएमालेको सम्पत्तीको रुपमा तथा नेपाली जनताको मनमुटुमा रहनुसफल भएको सूर्य चिन्हमा प्रचण्ड गुटले आँखा लगाउनुको कुनै अर्थ नरहेको उल्लेख गर्दै उनले भने, ‘सूर्य छोपप्रति लोभि नजर नलगाउनुस् । सूर्य चिन्हतिर आँखा नलगाउनुस, युवाले सूर्य चिन्हप्रति चम्काएको आँखा मन पराएका छैनन् । हिम्मत भए हसिया हथौडा भएको चिन्ह लिनुस्, अनि प्रचण्डको लोकप्रियता मापन गरौं । माओवादीको हसिया र हथौडालाई आत्मसात् गरेर जनताको मन जित्ने हिम्मत छ रु बल्खु कार्यालयलाई लोभी नजर नलगाउनुस्, आफ्नो स्थानमा जानुस् ।’
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य खगराज अधिकारी, गण्डकी प्रदेशका सांसद राजिव पहारी, रमेश पौडेल, युवा संघका नेता बचन सिंलगायतले आ–आफ्नो धारणा राखेका थिए ।






प्रतिकृया