• ८ असोज २०८३, बिहीबार
  • ५ः३८ बेलुका

नागरिक लगानी कोषले पुस २८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

प्रकाशित मिति

२०७७ पुष १० गते, शुक्रबार १२:३८

काठमाडौं, नागरिक लगानी कोषले पुस २८ गते मंगलबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कोषले चुक्ता पूँजीको १ः०.८२८४ अर्थात एक कित्ता शेयर बराबर ० दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

National Life

कोषले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कोषले पुस १४ गते, मंगलबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्ने भएको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले पुस २८ गतेदेखि माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू, नागरिक लगानी कोषको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने जनाएको छ ।इन्सुरेन्स खबरबाट

प्रतिकृया