• ८ असोज २०८३, बिहीबार
  • ४ः४० बेलुका

पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०३:१७

कैलाली, ७ पुस: यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले जानकारी दिए ।

National Life

चालु आवको असोजमा सबैभन्दा बढी रु १३ करोड ८१ लाख सात हजार ६४३ र सबैभन्दा कम मङ्सिरमा रु पाँच करोड ३८ लाख तीन हजार ४९२ सङ्कलन भएको प्रमुख शाहले बताए । त्यस्तै भदौमा रु १० करोड ३६ लाख ७६०, कात्तिकमा रु नौ करोड १५ लाख ५० हजार १०८ र साउनमा रु पाँच करोड ७० लाख ५६ हजार ४१० सङ्कलन भएको छ ।

त्यसैगरी विसं २०७४ देखि स्मार्ट लाइसेन्स वितरणकार्य शुरु गरेको यातायात व्यवस्था कार्यालय कैलालीले हालसम्म ३८ हजार ५० जनालाई स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ । स्मार्ट कार्डका लागि कार्यालयमा अहिलेसम्म ५५ हजार ४५६ जनाको आवेदन परेको कार्यालय प्रमुख शाहले बताए । छयालीस हजार ९६१ वटा स्मार्ट कार्ड प्रिन्ट भइसकेको र पाँच हजार ४२५ प्रिन्ट हुन बाँकी रहेको उनले बताए । आठ हजार ९११ स्मार्ट कार्ड कार्यालयमा आई वितरण गर्न बाँकी रहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी कार्यालयमा हालसम्म विभिन्न किसिमका निजी, भाडाका, सरकारी, संस्थागतलगायतका सवारी साधन गरी एक लाख २४ हजार ७०० बस, ट्रक, टिपर, जेसिबी, कार, डेलिभरी भ्यान, ट्र्याक्टर, पावरटिलर, स्कुटी, मोटरसाइकल, इ–रिक्सा दर्ता भएको बताइएको छ ।-रासस

प्रतिकृया