• १३ असोज २०८३, मंगलबार
  • ४ः०७ बिहान

ओली-प्रचण्डले छुट्टाछुट्टै डाकेको केन्द्रीय कमिटी बैठक आजः एक अर्कालाई कारबाही गर्ने तयारी

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०७:४४

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा का दुई अध्यक्षले केन्द्रीय कमिटीको फरक फरक बैठक बोलाएका छन् । नेकपाका प्रथम अध्यक्ष ओलीले मंगलबार विहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

National Life

उनले बैठकमा आफैले गरेको संसद विघटनपछिको अवस्थाबारे छलफल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई अनुशासनको कारवाही गर्ने बताइएको छ।

त्यस्तै आजै दिउँसो १ बजे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन्। उनले पार्टी अध्यक्ष ओलीको पछिल्लो असंवैधानिक कदमका विरुद्ध कडा निर्णय गर्नेदेखि ओलीलाई अनुशासनको कारबाहीको निर्णय गर्ने बुझिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रचण्ड–नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनःस्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्नेसमेतको तयारी गरेको छ । यसअघिको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

यसैबीच, बहुमतले कारबाही गरे एकता भंगका लागि निर्वाचन आयोगमा पत्राचार गर्ने ओली समूहले तयारी गरेको छ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि ओली९प्रचण्ड समूह एकै ठाउँमा बस्नसमेत सकिरहेका छैनन् ।

प्रतिकृया