• १५ असोज २०८३, बिहीबार
  • ३ः३८ दिउँसो

जसपाले पुस ८ गते देशैभर प्रदर्शन गर्ने

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०६:२९

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा जपसाले देशभर विरोध प्रदर्शन गर्ने भएको छ । जसपाले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्ने भएको हो । ओली सरकारले गरेका असंवैधानिक, अलोकतान्त्रिक, प्रगतिगमनकारी हर्कतका विरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए ।

National Life

थप कार्यक्रम तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक पनि बोलाइएको भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया