• १० असोज २०८३, शनिबार
  • १ः०२ राती

संवैधानिक परिषद्को अर्को बैठक भोली

प्रकाशित मिति

२०७७ मंसिर २९ गते, सोमबार ०८:००

काठमाडौं, विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा सिफारिस गर्ने उद्देश्यले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित गरिएको छ । परिषद्को अर्को बैठक मंगलबार ९३० मंसिर० बिहान ९ बजेका लागि बोलाइएको छ ।

National Life

बालुवाटारमा आइतबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ‘आइतबारको बैठक केही समय बसेर स्थगित भएको छ भने अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि तय गरिएको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।परिषद्का सबै सदस्यलाई मंगलबार हुने बैठकबारेको पत्र आइतबार नै पठाइएको छ ।
राजधानी दैनिकबाट साभार

प्रतिकृया