• ९ असोज २०८३, शुक्रबार
  • १०ः३८ राती

अझै हुन सकेन चिनियाँ जहाजको व्यवस्थापन

प्रकाशित मिति

२०७७ मंसिर २८ गते, आईतवार ०७:४६

काठमाडौं, मंसिर २८ । गत साउन १५ देखि उडान बन्द गरिएका ६ ओटा चिनियाँ जहाज व्यवस्थापनको टुङ्गो अझै लाग्न सकेको छैन । अर्थ मन्त्रालयले विमान व्यवस्थापनको जिम्मा नेपाल वायुसेवा निगमकै भएको बताएपछि निगम व्यवस्थापनको विकल्पमा जुटेको छ ।

National Life

चिनियाँ जहाज सञ्चालन गर्दा नेपाल वायुसेवा निगमले आर्थिक वर्ष (आव) २०७१र७२ देखि आव २०७६र७७ सम्म करीब ५ अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोरपछि निगम सञ्चालक समितिले साउनदेखि जहाज बन्द गर्ने निर्णय गरेको थियो । निर्णय भएको ४ महीना बितिसक्दा पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा कुनै टुङ्गो लाग्न सकेको छैन ।

निगम सञ्चालक समितिको गत साउनमा बसेको बैठकले चिनियाँ जहाजबाट उडान गर्न नसकिने निर्णय गर्दै जहाज व्यवस्थापनका लागि पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको थियो । यस विषयमा पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग राय मागेको थियो । तर, अर्थबाट पर्यटन हुँदै जहाज व्यवस्थापनको जिम्मा निगमकै काँधमा आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पर्यटन मन्त्रालयले चिनियाँ जहाज व्यवस्थापनको जिम्मेवारी नेपाल वायुसेवा निगमलाई नै दिएसँगै निगमले अहिले जहाज व्यवस्थापनका लागि विभिन्न विकल्प अघि सारेको निगमका महाप्रबन्धक डीमप्रसाद पौडेलले जानकारी दिए । पौडेल सञ्चालक समितिमा आएदेखि नै यी जहाज व्यवस्थापनको विकल्प अघि सारेका थिए ।

अहिले निगमले वाई–१२ ई र एमए–६० जहाजको फेयर मार्केट भ्यालुका आधारमा एभीआईसी इन्टरनेशनल होल्डिङ कर्पोरेशनलाई नै फिर्ता गर्ने, विक्री गर्न टेन्डर प्रक्रियामा जाने, अन्य कम्पनीहरूलाई दिन सकिने वा नयाँ जहाज खरीद गर्दा डाउन पेमेन्टका रूपमा प्रयोग गर्न सकिने गरी चार विकल्प अघि सारेको छ । यी विकल्पमध्ये कुनै पनि विकल्पअनुसार जहाज व्यवस्थापन गर्न सकिने गरी मन्त्रालयसँग समन्वय तथा तयारी अघि बढाइएको निगमले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिकृया