• ९ असोज २०८३, शुक्रबार
  • १०ः४३ राती

देशैभर विमानस्थल विस्तार र स्तरोन्नति

प्रकाशित मिति

२०७७ मंसिर १७ गते, बुधबार ०७:२८

नेपालगञ्ज, मंसिर १७। सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो ।

National Life

यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताए । पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महìवपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको उनले स्पष्ट गरे ।

नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्दैेमन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान हुने विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया पनि अघि बढाइसकिएको बताए । नेपालगञ्ज विमानस्थलमा आठवटा एटीआर र चारवटा ट्विनअटर विमान सहज रूपमा पार्किङ गर्ने गरी जहाज पार्किङस्थल निर्माण गरिएकोउनको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यो पार्किङस्थल एयर बस ३२० समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको जनाउँदै उनले यसैबाट सरकारले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको प्रमाणित गरेको बताए। सरकारले नेपालगञ्ज र विराटनगर विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढेको पनि उनले बताए । मन्त्रिपरिषद्ले यी दुवै विमानस्थलका गुरुयोजनालाई पारित गरिसकेको छ ।

अन्तरदेशीय उडानलाई बढाउन तथा देशका सबै ठूला सहरलाई हवाई यातायातसँग जोड्न सरकारले विमानस्थल निर्माण र विस्तार गर्ने कार्यमा विशेष ध्यान दिएको छ, उनले भने, “अब यो कार्यमा प्रदेश र स्थानीय सरकारको पनि लगानी र हातेमालो आवश्यक देखिएको छ ।” नेपालगञ्ज विमानस्थलले पश्चिम नेपालका अधिकांश पहाडी र हिमाली जिल्लालाई हवाई यातायातमार्फत जोडेकाले पनि यो विमानस्थलको विस्तार र स्तरोन्नति महìवपूर्ण रहेको उनले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिकृया