• ८ असोज २०८३, बिहीबार
  • ७ः३० बेलुका

बालिका हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर ३ जना घाइते ,

प्रकाशित मिति

२०७७ मंसिर ९ गते, मंगलवार ०३:२३

जनकपुरधाम,मंसीर ९ । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण बर्दिबासको अहिलेको अवस्था तनावग्रस्त बनेको छ ।

National Life

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको छ । दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार र हवाई फायर गरिएको स्थानीयले बताएका छन् ।
घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्को एकजना छन् । श्यामको टाउकोमा गोली लागेको छ भने सञ्जयको खुट्टामा गोली लागेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीयले बताएका छन् ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ ।

बर्दिबास १४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको छ । आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको छ।

बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ । प्रदर्शनकारीले साहको बर्दिवासस्थित घरमा आगजनी समेत गरेका छन् ।
प्रदर्शनकारीले पटक–पटक साहले घट्ना घटाएककाले उनलाई धराौटीमा छुट्न नपाउने गरी आजीवन कैद सजया हुनुपर्ने, उनको घर भत्काएर स्मृति पार्क बनाउनुपर्ने, हरेक घट्नामा उनको अभिभावक पनि संलग्न रहेकाले मतियारको रुपमा उनीहरुलाई पनि सजाय हुनुपर्नेसहितका माग राखेका छन् ।

प्रतिकृया