• १० असोज २०८३, शनिबार
  • १२ः०१ राती

७८ प्रतिशत नेपाली बीमाको दायरा बाहिर

प्रकाशित मिति

२०७७ मंसिर ४ गते, बिहीबार ०६:४४

काठमाडौं, पछिल्लो समय बीमाको दायरा बढ्दै गए पनि अझै ७८ प्रतिशत नेपाली बीमाको दायराभन्दा बाहिर देखिएका छन् । अर्थ मन्त्रालयले हालै जारी गरेको चालू आवको पहिलो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो ।

National Life

मन्त्रालयको प्रतिवेदनअनुसार चालू आवको असोजसम्म २२ प्रतिशत नेपाली जनतामा जीवन बीमाको पहुँच विस्तार भएको छ । अझै ७८ प्रतिशत नेपाली बीमाको दायराभन्दा बाहिर रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा बीमाको पहुँच २० दशमलव ४ प्रतिशत नेपालीमा पुगेको थियो । पछिल्लो १ वर्षमा १ दशमलव ६ प्रतिशत थप नेपालीमा बीमाको दायरामा विस्तार भएको छ ।

कोरोना नियन्त्रण गर्न बन्दाबन्दी नगरेको भए असोजसम्म ३५ देखि ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने बीमा समितिको अनुमान थियो । तर, गत चैत ११ गतेदेखि लामो बन्दाबन्दा लगाउँदा त्यो सम्भव भएन । यद्यपि, समितिले असोजसम्म २७ प्रतिशत नेपालीमा बीमाको पहुँच पुर्‍याउने लक्ष्य लिएको थियो । तर, त्यसअनुसार बीमाको पहुँच विस्तार गर्न नसकिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘कोरोना भाइरसको रोकथाम गर्न निषेधाज्ञालगायत प्रतिबन्धका कारण बीमा व्यवसाय स्वतः प्रभावित भयो,’ उनले भने, ‘फलस्वरूप समीक्षा अवधिमा सोचेअनुरूप बीमाको दायरा विस्तार गर्न सकिएन ।’ कोरोना भाइरसले सृजना गरेको यो विषम परिस्थितिमा २२ प्रतिशत नेपाली जनतामा बीमाको पहुँच पुग्नु सन्तोषजनक नै भएको उनको भनाइ छ ।

‘नेपालमा बीमा व्यवसायको इतिहास ७ दशकभन्दा लामो छ । तर, लामो समयसम्म बीमा बजार चलायमान हुन नसकेको हो ।
आर्थिक अभियान दैनिकबाट साभार

प्रतिकृया