• २७ भदौ २०८३, शनिबार
  • २ः५५ राती

पिएसएलको उपाधि कराँचीलाई

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०५:२२

कराँची किंग्सले पाकिस्तान सुपर लिग (पिएसएल) को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा कराँची किंग्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पिएसएल उपाधि जितेको हो ।

National Life

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कराँचीले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । कराँचीलाई ऐतिहासिक उपाधि जिताउन ओपनर बाबर आजम ४९ बलमा ७ चौका सहित ६३ रनमा अविजित रहे । कप्तान इमाद वासिम ७ बलमा २ चौका सहित १० रनमा अविजित रहँदै उपाधि पक्का गरे । वासिमले शाहिन अफ्रिदीलाई चौका प्रहार गर्दै खेल सकाएका थिए ।

चाडविक वाल्टन २७ बलमा १ चौका सहित २२ रनको योगदान दिए । ओपनर शर्जिल खान १३ र एलेक्स हक्स ११ रनमा आउट भए । दिलबर हुसैनन्ले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । शाहिन अफ्रिदीले एक विकेट लिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर ब्याटिङ रोजेको कलन्दर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । पहिलो विकेटका लागि कलन्दर्सका ओपनर फखर जमान र तमिम इकबाल १०.१ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पहिलो बलमा उम्मेद आसिफले इफ्तिखर अहमदबाट इकबाललाई ३५ रनमा क्याच आउट गराए ।
एजेन्सी

प्रतिकृया