• १२ असार २०८३, शुक्रबार
  • १२:१८ बिहान

न्यूजिल्याण्डका साना व्यवसायीलाई ब्याज मिनाहाको घोषणा

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०७:१०

वेलिङ्टन, न्यूजिल्याण्डमा नवगठित सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा गरेको छ । लेबर पार्टीको सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न सोमवार बलियो राहत कार्यक्रम घोषणा गरेको हो ।

कोरोना भाइरसका कारण मर्कामा परेका साना व्यवसायीलाई उठाउनका लागि बलियो सहयोगका कार्यक्रम बनाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । साना व्यवसायीहरू राज्यको अर्थतन्त्रको एउटा महत्वपूर्ण अंश भएकाले उनीहरुलाई सहयोग गरेर देशको अर्थतन्त्र पनि जोगिने भएकाले समेत उनीहरुका लागि राहतको कार्यक्रम ल्याइएको सरकारले जनाएको छ ।

Kamana Sewa

“आजको मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीका लागि राहतको प्याकेज दिने निर्णय गरेको छ, यसअघि दिदै आएका सहुलियतहरूको म्याद पनि थप गरिएको छ,” प्रधानमन्त्री जसिन्दा अर्डेर्नले सोमवार भनिन् ।

Classic Tech Desktop

मन्त्रीपरिषद् बैठकपछिको सम्वोधनका क्रममा उनले यस बर्ष म्याद सकिन लागेका राहत तथा सहुलियतका कार्यक्रमहरु सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने जानकारी दिइन्।

कोरोनाका कारण मर्कामा परेका साना व्यवसायीहरुलाई एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत दिइने उनले बताइन्।

“कोरोनाभाइरसको महामारी न त डिसेम्बरसम्ममा सकिन्छ, न त हाम्रो राहत प्याकेज सकिन्छ,” उनले भनिन् ।फरक व्यवसायलाई फरक समय र अवस्थाको राहत प्याकेज चाहिने भएकाले त्यही अनुसारको व्यवस्था गरिएको पनि प्रधानमन्त्री अर्डेर्नले जानकारी दिइन्।

कठिन समयमा व्यवसायीहरुलाई सरकारले पछाडिबाट धकेल्ने काम गर्नु नै महत्वपूर्ण हुने उनले बताइन् । “अर्थतन्त्रलाई पुनःउत्थान गर्नु सरकारको प्राथमिकता हो, त्यसका लागि साना व्यवसायीलाई बचाउनु पुनः उत्थानका लागि मुख्य उपाय हो,” उनले भनिन्।

न्यूजल्याण्डमा हालै भएको निर्वाचनपछि गठन भएको सरकारका मन्त्रीहरुले शुक्रवार सपथग्रहण गरेका हुन् । त्यसपछि सोमवार पहिलो बैठक बसेको हो । निर्वाचनअघि पनि सरकारको नेतृत्व गरेकी अर्डेर्नले कोरोना भाइरसको महामारी व्यवस्थापनका लागि प्रभावकारी, परिपक्व र जिम्मेवार भूमिका खेलेको ठानेर अहिलेको निर्वाचनमा अझ धेरै जनमत पाएकी छन् ।
रासस

प्रतिकृया