• ८ असोज २०८३, बिहीबार
  • ५ः०६ बेलुका

नेप्सेमा झिनो गिरावट

प्रकाशित मिति

२०७७ कार्तिक १९ गते, बुधबार ०६:३४

काठमाडौं, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ बिन्दुले घटेर एक हजार ६४०.६४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि आज ०.११ बिन्दुले घटेर ३२६.४९ मा ओर्लेको छ । कूल २०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता शेयर रु एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०५ मूल्यमा खरिद बिक्री भए ।

National Life

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २५.३१, होटल ४.६७, जलविद्युत् १.५८, अन्य ५.३९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ३.०४, विकास बैंक ११.४२, वित्त २.८८, निर्जीबन बीमा ८८.६८, उत्पादन ०.११, लघुवित्त ३.६६ र जीवन बीमा १२.६७ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज प्राइम बैंक रु नौ करोड पाँच लाख ३३ हजार ४३३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, अरुण काबेली पावर रु आठ करोड २४ लाख ६५ हजार ९७७, नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ५७ लाख ४७ हजार ३४५, अपि पावर कम्पनी रु पाँच करोड ११ लाख ६१ हजार ७९८, गुराँस लाइफ इन्स्योरेन्स रु चार करोड ९० लाख २३ हजार ५६१ र एचआइडिसिएल रु चार करोड ३३ लाख ९६ हजार ९१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

Classic Tech Mobile
Classic Tech Desktop

कारोबारका आधारमा आज विशाल बजार कम्पनी १०, सानिमा जनरल इन्स्योरेन्स ९.९७, कालिका पावर कम्पनी ६.९५, पाँचथर पावर कम्पनी ६.४०, नेपाल ल्यूब आयल ४.५२ र सारथी नेपाल लघुवित्तका शेयरधनीले ४.४० प्रतिशतले कमाए । त्यस्तै, शिवश्री हाइड्रोपावर ५.१७, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ४.१९, कामना सेवा विकास बैंक ३.७८, समिट लघुवित्त २.७६ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले २.५५ प्रतिशतले गुमाए ।
रासस

प्रतिकृया